स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, चार जना घाइते
दाङ | जेठ २०, २०८१
दाङ: दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ । झडपमा अश्रूग्याँस लागेर चार जना घाइते भएका छन् ।
स्वर्गद्वारी आश्रमको जग्गामा मोहि कायम भएका दाङका किसानहरुले मोही कायम भएको जग्गाको माग गर्दै घोराहीमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेपछि प्रहरि अश्रुग्याँस प्रहार गरेर ताला फोडेको छ ।
ताला फोडेपछि कार्यालयको काम सुरु भएको छ । प्रर्दशनकारीले सरकारी कार्यालयमा तालाबन्दी र तोडफोड गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरि उनीहरुलाई हटाएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताउनु भयो ।
आन्दोलनरत किसानलाई हटाउन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको थियो । सरकारले पटकपटक आफूहरुसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दवाव स्वरुप तालाबन्दी गर्नु परेको गुठि पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभएको छ ।
तालाबन्दी गरिएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीहरुले घेरेपछि प्रहरी उनीहरुलाइ हटाउन अश्रुग्याँस प्रहार गरेको हो ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

